Connect with us
Advertisement

कबड्डी टोली बंगलादेश प्रस्थान

Published

on

कबड्डी टोली बंगलादेश प्रस्थान
काठमाडौं, जेठ १० गते ।

चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, श्रीलंका, इराक, मलेसिया र इन्डोनेसिया रहेका   छन् । समूह ‘बी’ मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् ।


खेलाडीहरुमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका छन् ।
टोलीका कप्तान घनश्याम भारतको प्रो कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १० औं संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १० औं संस्करणमा चार टिम विरुद्ध खेल्ने अवसर पाएका थिए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैंगलारु बुल्स विरुद्ध खेलेका थिए । घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडी मध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् । यसअघि सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान ८–८ लाख तथा लालमोहर यादव र नागेश्वर चौधरीले समान १०–१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएको महासचिव झाले बताए ।
विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिका टिमसंगै बंगलादेश गएका छन् ।
महिला राष्ट्रिय कबड्डी टोलीको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।
सदस्य–सचिव घिसिङले १९ औं एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराएकोमा धेरै प्रश्नको सामना गर्नु परेको स्मरण गर्दै महिला टोलीले पदक जितेर सहभागिताको औचित्य पुष्टि गरिसकेको बताए । उनले अब महिला टोलीलाई विगतको भन्दा राम्रो गर्ने चुनौती थपिएको र पुरुष टोलीलाई बंगबन्धु कप पदक जित्ने राम्रो अवसर भएको बताए ।
‘हाङझाव एसियाडमा महिला कबड्डीलाई सहभागी गराउँदा मैलै धेरै प्रश्नको सामना गर्नु परेको थियो । तर, त्यही टोलीले पदक जितरे राम्रो जवाफ दिन सफल भयो । अब महिला टोलीलाई त्यो भन्दा राम्रो नतिजा ल्यान्उन चुनौती पनि थपिएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘अहिलेको पुरुष टोली पनि युवा र अनुभवी खेलाडीको राम्रो संयोजन भएको जस्तो लाग्यो । यो टोलीले पनि केहि न केहि नयाँ दिन्छ भन्ने विश्वास छ ।’
सदस्य–सचिव घिसिङले खेलाडीका साथै प्रशिक्षकले समयानुकुल ‘अपडेट’ र ‘अपग्रेड’ हुनु पर्नेमा जोड दिदै खेलाडीको शारीरिक क्षमताको पहिचान गर्न परिषद्ले चाँडै स्पोर्ट्स सायन्स ल्याब स्थापना गर्ने अवगत गराए ।

चावहिलको विजयी सुरुआत
चावहिल स्पोर्ट क्लबले तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको  छ ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा चावहिलले सुनाखरी क्लबलाई २–१ ले पराजित ग¥यो । चावहिलका निमा लामा र ‘म्यान अफ दि म्याच’ कृष्ण शाक्यले समान १–१ गोल गरे । सुनाखरीका टीकाबहादुर पुनले १ गोल फर्काए । जितसंगै चावहिल क्वाटरफाइनलमा पुगेको छ ।
फ्रिडम ‘ए’ ले एजे भेट्रानलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित ५० मिनेटको खेल ३–३ को बराबरीमा टुंगिएको थियो । विजेताका गोलरक्षक सन्जित खड्गी ‘म्यान अफ दि म्याच’ घोषित भए । फ्रिडम ‘बी’ ले थापागाउँलाई ६–१ ले सहजै हरायो । विजयी टिमका लागि ‘म्यान अफ दि म्याच’ निलेन्द्र देवानले ४ तथा नरकुमार राई र राजु तामाङले समान १–१ गोल गरे । थापागाउँका शशि गौतमले सान्त्वना गोल गरे ।
चावहिल खेल मैदानमा जोरपाटीले बूढानीलकण्ठलाई २–० ले पाखा लगायो । विजयी टिमका लागि नितिन गुरुङ र ‘म्यान अफ दि म्याच’ रन्जित लामाले समान १–१ गोल गरे ।
नकआउट प्रतियोगितामा २० पुरुष टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, स्ट्राइकर र मिडफिल्डरलाई जनही ५ हजार नगद पुरस्कार पाउने छन् ।

भारत र श्रीलंका फाइनलमा
भारत र श्रीलंका एटीएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोविन लिगमा भारत पहिलो र श्रीलंका दोश्रो हुँदै फाइनलमा पुगेका हुन् ।
नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा भारतले माल्दिभ्स तथा श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा पनि भारत फाइनलमा पुग्न सफल भयो । भारतले श्रीलंकालाई ३–० ले हरायो । फाइनलमा भारतको भेट पाकिस्तानसंग हुनेछ । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३–० को सहज जित दर्ता ग¥यो । फाइनल शुक्रबार हुनेछ ।
ब्वाइज÷गल्र्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन् ।

एनटीए÷डब्लुटीएनको सुरुआत
नेपाल टेनिस संघले नेपालमा पहिलोपटक वल्र्ड टेनिस नम्बर (डब्लुटीएन) को सुरुआत गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणाले बिहीबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को सभाकक्षमा आयोजित एक कार्यक्रमबीच डब्लुटीएनको सुरुआत गरिएको घोषणा गरिन् ।
डब्लुटीएनको सुरुआतसंगै प्रतियोगिता व्यवस्थित र पारदर्शी ढंगले सञ्चालन गर्न सहज हुने टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी गराए । टेनिस प्रतियोगिता आयोजकले नेपाली खेलाडीको रेटिङका लागि टेनिस संघलाई निश्चित शुल्क तिरेर ‘एक्सेस’ लिइ प्रतियोगितामा सहभागी हुने खेलाडीको नामवली डब्लुटीएनमा समावेश गर्न पाउने छन् । त्यसपछि खेलाडीले गरेको प्रदर्शनका आधारमा सम्बन्धित खेलाडीको रेटिङ हुनेछ । रेटिङ न्युनतम ४० अंकदेखि सुरु हुनेछ ।
टेनिस संघका सदस्य जयजीव हाडाले यु–९ उमेरसमूहको स्पर्धादेखि मात्र खेलाडी डब्लुटीएनमा समावेश हुने बताउदै हालसम्म १६९ राष्ट्रका राष्ट्रिय संघले डब्लुटीएनको सुरुआत गरिसकेको जानकारी दिए ।
कार्यक्रममा एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टेनिस संघका महासचिव मनोहरदास मुल, नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी, नेपालमा टेनिस प्रतियोगिता आयोजना गर्ने संस्थालगायतको उपस्थिति रहेको थियो ।

क्लाइम्बिड. फेस्तिवल
बिश्व सगरमथा दिवसको अवसरमा ललितपुर क्लाइम्बिड. फेस्तिवल अन्तर्गत वाल कल्लाईम्बिड. प्रतियोगीता सम्पन्न । सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिड। शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । ललितपुर महानगरपालिकाको १००औं स्थापना दिवशको गौरबशाली योजना र कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकाले बिश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई ललितपुरको लोगो अंकित झण्डा बिश्वको सर्वोच्च शिखरमा फराउने दायित्व सहित आर्थिक सहयोग गरेको थियो । सोहि क्रममा बिश्वकितिमानी सगरमाथा आरोही कल्पना महर्जनले सफलता पूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथा फ¥याएको सम्झनामा साथै बिश्व सगरमाथा दिवश मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नं। २६ को बालअधिकार समितले आफ्नो बालबालिकाहरुलाई स्पोर्टस क्लाइम्बिड। खेल अन्र्तगत परिचायात्मक कार्यक्रमको आयोजना गरिएको छ । धुम्बाराहिमा रहेको पासाड। ल्हामु क्लाइम्बिड। सेन्टरमा बाल बालिकाले वाल क्लाइम्बिड। गरेर सगरमाथा दिवश मनाएका छन् । ललितपुर क्लाइबिड। फेस्टिफको नाममा विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नं। २६ बाल अधिकार समिति महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले एक एक जना केटा र केटी गरेर महालक्ष्मी नगरपालिका अन्तर्गत प्रत्येक सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई १ दिने परिचायात्मक क्लाइम्बिड कार्यक्रमको समते आयोजना गरेको थियो । र गोदावरी नगरपालिका वडा नं। ८ गणेश मावि स्कुल ब्यवस्थापन समिती लगायतले फरक फरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवश मनाइरहेको छ । सगरमाथा दिवस मनाउने क्रममा आज ललितपुर क्लाइम्बिड. प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोदावरी नगरपालिकाको वडा नं. ८ अवस्थित गणेश मावि का विद्यार्थीहरु बिचमा भएको थियो । प्रतियोगितामा ६० जनाले भाग लिएको थियो । यस प्रतियोगितामा केटा समूह बाट प्रथम स्थान दिपेश दनुवा, दोस्रो स्थानमा अरुण दनुवार र तेस्रो स्थानमा दिपेन्द्र दनुवार हुन सफल भएको छ । त्यसै गरी केटी तर्फबाट प्रथम स्थान सनशीला तामाड., दोस्रोमा सरिता(इन्द्र) दनुवार र तेस्रो स्थानमा मरियम ठोक्कर हुन सफल भएको छ। विजेताहरुलाई क्यास प्राइज, मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको थियो । विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोेहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा आजको दिन फराउन सफल भएको थियो । सोही दिनको सम्झनामा यो प्रतियोगिताको आयोजना गरिएको  हो ।

वादोरियो कराँतेको टोली नर्वे जाँदै
काठमाडौं । नेपाल वादोरियो कराँते डो संघको टोली वादोरियो कराँतेको “तेस्रो ग्रान्ड मास्टर हिरोनोरी ओत्सुका“बाट हुने बिशेष सेमिनारमा सहभागी हुन नर्वे प्रस्थान गर्ने भएको छ । वादोरियो कराँते डो संघका संस्थापक प्रमुख प्रशिक्षक एवं कराँते महासंघका बरिष्ठ उपाध्यक्ष हरिशरण केसी नेतृत्वको ४ सदस्यीय टोली मे २५ र २६ तारिखमा हुने विशेष सेमिनारमा सहभागीता जनाउन  शुक्रबार नर्वे प्रस्थान गर्ने भएको हो ।
अध्यक्ष केसी संगै प्रशिक्षक सिमोन खत्री, टिम मेनेजर सुमन तिमिल्सिना र प्रशिक्षक विनोद तामाङ सहितको ४ सदस्यीय टोलीलाई बिहिबार राखेपका उपाध्यक्ष शिव कोईराले एक कार्यक्रमकाबीच विदाई गरे ।
उक्त प्रशिक्षण कार्यक्रम पश्चात प्रशिक्षक विनोद तामाङ नेदरल्याण्डमा हुने १४ औं रोटरड्याम कप ईन्टरनेशनल टुर्नामेन्टमा सहभागी हुने अध्यक्ष केसीले जानकारी दिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – ०३ आश्विन २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन विचलित रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वइच्छा र स्वादिष्ट भोजन पाइनेछ । सामाजिक संस्थाबाट सहयोग पाइनेछ । बोलीको प्रभाव बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै कार्य सम्पदनमा समस्या आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । राजनैतिक कार्यमा र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पुराना र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

Continue Reading

Banner

श्री सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्ष्य मा रमेश खड्का सर्वसम्मत

Published

on

सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा रहेको श्री सहकारी संस्था लि. हरैंचाको ३३ औं तथा रेडियो सुसेलीको १४ औं वार्षिक साधारणसभा आफ्नै भवनमा सम्पन्न भएको छ ।
साधारणसभाबाट रमेश खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष नवराज चापागाईं, जिल्ला संघ प्रतिनिधि गोकुल तिम्सिना, सदस्यहरुमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम अवतार ठाकुर, सुरेन्द्रबहादुर थापा, अनुरोध साह र मुना मैनाली रहेका छन् ।
त्यसै गरी लेखा समितिमा रामप्रसाद गजुरेलको संयोजकत्वमा ३ सदस्यीय कार्य समिति गठन भएको छ । सदस्यहरुमा लोकेन्द्र दाहाल र विना सुवेदी रहेका छन् ।

श्री सहकारी संस्था लि. हरैचा २०२४ सालमा स्थापना भई पूर्व कै नमुना संस्थाको रुपमा परिचित संस्था हो । तत्कालिन समयमा नुन, तेल, गाँस र उत्पादन सम्मको सम्पूर्ण गतिविधि गर्न यो संस्था सफल रहेको थियो । कुशल व्यवस्थापन र ग्रामिण जनताको जिवनस्तर उकास्न तत्कालिन सरकारले २०३३ सालबाट कृषि विकास बैंक मार्फत कृषि ऋण प्रवाह गर्दै यस क्षेत्रको उत्पादन बृद्धिमा योगदान दिएको थियो ।

२०६६ सालमा विकासले फड्को मारिरहेको यस क्षेत्रमा सञ्चारका कुनै साधन थिएनन् । नगर हुन कै लागि समेत सञ्चारको आवश्यकता ठहर गरी रेडियो सुसेली स्थापना गरिएको इतिहास ताजै रहेको छ । निर्वाचित सञ्चालक समितिले दुवै संस्थाको गरिमालाई बचाइराख्दै संस्थासँग भएका चुनौतीहरुलाई चिर्दै जानु मुख्य लक्ष्य रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्य मन्त्री राजकुमार ओझा, विशिष्ठ अतिथिमा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, पूर्व नगर उपप्रमुख धनमाया तामाङ लगायतको उपस्थिति रहेको थियो । निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक कृष्णप्रसाद रिजालले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।

Continue Reading

Banner

आज – ०८ भाद्र २०८१ शनिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कूटनीतिक नियोगको सहयोग मिल्ला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले काम सफल हुन सक्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पुनर्मिलनको योग रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक